News and Events

Category

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा–३१, बेगनासस्थित जलाधार आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय झोला लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ। ज्ञानको यात्रामा साना हातहरूलाई सहयोग गर्ने उद्देश्यले सम्पन्न उक्त कार्यक्रमले शिक्षा, सहकार्य र सामाजिक सद्भावको सुन्दर सन्देश प्रवाह गरेको छ।
Read More
जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वय तथा त्रिवेणी इन्टरनेशनल कलेजको आयोजनामा “साइबर अपराध नियन्त्रण तथा सचेतना कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ नायब निरीक्षक हुत बहादुर (एच.बी.) रोकाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बिबिएस तहका जम्मा ७७ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वरिष्ठ नायब निरीक्षक एच.बी. रोकाले प्रविधिको तीव्र विकाससँगै...
Read More
पर्यावरणीय संकट र प्रविधिको तीव्र विस्तारबीच सन्तुलन खोज्ने उद्देश्यसहित त्रिवेणी इन्टरनेशनल कलेज र सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको संयुक्त आयोजनामा पर्यावरण संरक्षणमा प्रविधि प्रभाव र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम २०८३ जेठ ९ गते भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारी प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार, साहित्यकार एवं सामाजिक अभियन्ता नारायण...
Read More
त्रिवेणी इन्टरनेशनल कलेज सञ्चालक समितिको बैठकमा कलेजका आदरणीय सल्लाहकार छत्रधर आत्रेय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएको सुखद एवं गौरवपूर्ण अवसरमा हार्दिक बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरियो । उहाँको यस ऐतिहासिक उपलब्धिले कलेज परिवारलाई मात्र होइन, समग्र शैक्षिक तथा व्यावसायिक क्षेत्रलाई समेत गौरवान्वित बनाएको अनुभूति गरिएको थियो । बैठकमा...
Read More
कार्यक्रममा जम्मा ५ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बिबिएस तृतीय वर्षका विद्यार्थीहरू सागर तिवारी, सुस्मिता ओझा तथा विपना पौडेललाई हार्दिक बधाई व्यक्त गर्दछौँ। त्यसैगरी द्वितीय स्थान प्राप्त गर्ने बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू पवन खत्री, जलन पुन तथा रोहित पटेललाई पनि हार्दिक शुभकामना व्यक्त गर्दछौँ। कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन तथा...
Read More
BBS चौथो वर्षका विद्यार्थीहरूका लागि Project Work Report Writing सम्बन्धी Orientation Program सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा प्रतिवेदन लेखनको संरचना, अनुसन्धानको आधारभूत विधि तथा शैक्षिक प्रस्तुतीकरणका महत्वपूर्ण पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई अनुसन्धानमुखी अध्ययनतर्फ प्रेरित गर्दै गुणस्तरीय project work तयार गर्न आवश्यक मार्गदर्शन गरिएको कार्यक्रम अत्यन्त फलदायी रह्यो। ज्ञान, अनुशासन र शैक्षिक उत्कृष्टताको यात्रामा यस्ता...
Read More
त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा -27, तालचोक, कास्की र दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा – 29 भण्डारढिकबीच आज Memorandam of Understanding (MoU) कार्य सम्पन्न भएको छ। यो केवल औपचारिक सहमतिभन्दा पर, ज्ञान, सहकार्य र सामाजिक उत्तरदायित्वको साझा यात्रातर्फ उन्मुख एक अर्थपूर्ण आरम्भ हो। यसले कलेज, विद्यार्थी र पुस्तकालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पारस्परिक सहयोग, स्रोत आदान–प्रदान तथा...
Read More
प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरा–३० मोहरियाकी सिनियर नर्स सिर्जना अधिकारीको सक्रियतामा त्रिवेणी इन्टरनेशनल कलेजका BBS तथा MBS तहमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वास्थ्य परामर्श तथा प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य नै जीवनको आधारशिला हो भन्ने भावलाई मूर्त रूप दिँदै सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना र आत्मविश्वास दुवै जगाउने काम...
Read More
पोखरा २७ मा रहेको त्रिवेणी इन्टरनेशनल कलेजले आइतबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए । उक्त कार्यक्रममा ६४ जना रक्तदाता सहभागी भएका थिए ।...
Read More
1 2 3