त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा–३१, बेगनासस्थित जलाधार आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय झोला लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ। ज्ञानको यात्रामा साना हातहरूलाई सहयोग गर्ने उद्देश्यले सम्पन्न उक्त कार्यक्रमले शिक्षा, सहकार्य र सामाजिक सद्भावको सुन्दर सन्देश प्रवाह गरेको छ।
























