त्रिवेणी इन्टरनेशनल कलेज (TIC) विद्यार्थी कल्याणकारी समिति (SWC) को नवौँ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले स्वछन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। कार्यक्रममा बीबीएस चौथो वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। ८१.२० प्रतिशत अंकसहित उत्कृष्ट नतिजा हासिल गर्ने कविता भट्टराई लगायतका मेधावी विद्यार्थीलाई सम्मान गरिएको हो।...Read More
त्रिवेणी इन्टरनेशनल कलेजमा समग्र शैक्षिक उन्नयनका लागि महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम सम्पन्न । त्रिवेणी इन्टरनेशनल कलेजको आयोजनामा विद्यार्थी कल्याणकारी समिति र एलुम्नी एशोसियसनका पदाधिकारी तथा प्रतिनिधिहरूसँग कलेजको समग्र शैक्षिक, प्राज्ञिक तथा संस्थागत विकासका विविध पक्षहरूमा केन्द्रित एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरू, सञ्चालक समितिका सदस्यहरू, क्याम्पस प्रमुख, सहायक...Read More
विश्व वातावरण दिवसको अवसरमा त्रिवेणी इन्टरनेशनल कलेजमा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न आज मिति २०८३ साल जेठ २२ गते, विश्व वातावरण दिवसको सन्दर्भमा त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको आयोजनामा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। पर्यावरण संरक्षण, हरित विकास तथा स्वच्छ वातावरणप्रति विद्यार्थीहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त...Read More