विश्व वातावरण दिवसको अवसरमा त्रिवेणी इन्टरनेशनल कलेजमा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा त्रिवेणी इन्टरनेशनल कलेजमा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न

आज मिति २०८३ साल जेठ २२ गते, विश्व वातावरण दिवसको सन्दर्भमा त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको आयोजनामा वृक्षारोपण तथा बिरुवा गोडमेल कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

पर्यावरण संरक्षण, हरित विकास तथा स्वच्छ वातावरणप्रति विद्यार्थीहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कलेज परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोप्नुका साथै पूर्वरोपित बिरुवाहरूको गोडमेल तथा संरक्षणसम्बन्धी कार्य सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले “हरित वातावरण, स्वस्थ जीवन” भन्ने सन्देशलाई आत्मसात गर्दै वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको कुरालाई थप उजागर गरेको छ।