
त्रिवेणी इन्टरनेशनल कलेजमा अध्ययनरत MBS तहका विद्यार्थीहरूका लागि अनुसन्धान तथा डिसर्टेशन लेखनलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले अनलाइन स्रोतहरूको पहुँच, कृत्रिम बुद्धिमत्ता (AI) उपकरणहरूको प्रयोग, तथा प्लेजरिज्म (Plagiarism) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।



कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्मा तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा अधिकृत एवं त्रि.वि. कर्मचारी संघका केन्द्रीय अध्यक्ष छत्र कार्कीले सहजीकरण गर्दै अनुसन्धानमा डिजिटल स्रोतहरूको उपयोग, एआईको जिम्मेवार प्रयोग तथा शैक्षिक नैतिकता कायम राख्न प्लेजरिज्म नियन्त्रणका विविध पक्षहरूबारे जानकारी गराउनुभएको थियो।

