त्रिवेणी इन्टरनेशनल कलेजका सल्लाहकार आदरणीय छत्रधर आत्रेय ज्यू नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन तथा सम्मान कार्यक्रम ।

त्रिवेणी इन्टरनेशनल कलेज सञ्चालक समितिको बैठकमा कलेजका आदरणीय सल्लाहकार छत्रधर आत्रेय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएको सुखद एवं गौरवपूर्ण अवसरमा हार्दिक बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरियो ।

उहाँको यस ऐतिहासिक उपलब्धिले कलेज परिवारलाई मात्र होइन, समग्र शैक्षिक तथा व्यावसायिक क्षेत्रलाई समेत गौरवान्वित बनाएको अनुभूति गरिएको थियो ।

बैठकमा उपस्थित पदाधिकारीहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेतृत्व, दूरदृष्टि र सामाजिक योगदानको उच्च प्रशंसा गर्नु भएको थियो।

सम्मान कार्यक्रममा आदरणीय छत्रधर आत्रेयले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि निजी क्षेत्रको सशक्तीकरण, युवा उद्यमशीलताको प्रवर्द्धन तथा व्यवसाय मैत्री वातावरण निर्माणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै शिक्षा, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्नु भएको थियो ।