त्रिवेणी इन्टरनेशनल कलेज (TIC) विद्यार्थी कल्याणकारी समितिद्वारा अतिरिक्त क्रियाकलाप अन्तर्गत “वर्षगत हाजिरीजवाफ प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा जम्मा ५ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बिबिएस तृतीय वर्षका विद्यार्थीहरू सागर तिवारी, सुस्मिता ओझा तथा विपना पौडेललाई हार्दिक बधाई व्यक्त गर्दछौँ। त्यसैगरी द्वितीय स्थान प्राप्त गर्ने बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू पवन खत्री, जलन पुन तथा रोहित पटेललाई पनि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन तथा सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने क्विज मास्टर प्रमिक्षा अधिकारी तथा इप्सा जी.सी., विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष विवेक के.सी., उपाध्यक्ष स्वच्छन्द आत्रेय लगायत सागर तिवारी, शारदा सापकोटा, नम्रता सुवेदी, सम्पूर्ण प्रतिस्पर्धी एवं सहभागी विद्यार्थी भाइबहिनीहरू तथा उपस्थित आदरणीय गुरुजनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।