त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा -27, तालचोक, कास्की र दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा – 29 भण्डारढिकबीच आज Memorandam of Understanding (MoU) कार्य सम्पन्न भएको छ।


यो केवल औपचारिक सहमतिभन्दा पर, ज्ञान, सहकार्य र सामाजिक उत्तरदायित्वको साझा यात्रातर्फ उन्मुख एक अर्थपूर्ण आरम्भ हो। यसले कलेज, विद्यार्थी र पुस्तकालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पारस्परिक सहयोग, स्रोत आदान–प्रदान तथा बौद्धिक समृद्धिको नयाँ सम्भावना उजागर गर्ने विश्वास गरिएको छ।
ज्ञान तब मात्र जीवन्त रहन्छ, जब त्यसको प्रवाह निरन्तर हुन्छ र साझा प्रयासले त्यसलाई दिशा दिन्छ। यही भावनालाई आत्मसात् गर्दै सम्पन्न भएको यस सहकार्यले भविष्यमा सिर्जनशीलता, अनुसन्धान र सामाजिक चेतनाका क्षेत्रमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण अवसरमा पुस्तकालयका अध्यक्ष श्री कृष्णहरि भण्डारीज्यू लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू, कलेज सञ्चालक समितिका अध्यक्ष श्री सुमन भट्टराईज्यू, सल्लाहकारहरू श्री बाबुराम गिरीज्यू, श्री छत्रधर आत्रेयज्यू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू तथा उपस्थित सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
अन्ततः, यस सहकार्यले विद्यार्थीहरूमा अध्ययनप्रति आकर्षण अभिवृद्धि गर्दै पठन संस्कृतिको विकासमा उल्लेखनीय टेवा पुर्याउनेछ भन्ने विश्वासका साथ सुसंस्कृत समाज निर्माणतर्फ यो कदम प्रेरणादायी बन्ने छ भन्ने अपेक्षा व्यक्त गर्दछौँ।।।
082/12/30

