MBS तथा BBS तहमा अध्ययनरत विद्यार्थीहरूद्वारा तालचोकस्थित एभरेष्ट बैंकमा सम्पन्न गरिएको अवलोकन कार्यक्रम ज्ञान, अनुभव र व्यवहारिक शिक्षाको संगमका रूपमा सम्पन्न भएको छ।

यस अवलोकन यात्राले विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनका व्यवहारिक पक्षहरूसँग प्रत्यक्ष रूपमा परिचित गराउँदै उनीहरूको शैक्षिक ज्ञानलाई थप सुदृढ र जीवनोपयोगी बनाएको छ। सहजीकरणका लागि शाखा प्रमुख देवेन्द्र बजगाईं प्रति हार्दिक आभार।।।