Skip to main content

Triveni International College | Best College in Lekhnath :: Pokhara-27, Talchowk:: Affiliated to TU

WELCOME PROGRAM for BBS 1st Year 2082

Triveni International College विद्यार्थी कल्याणकारी समितिद्वारा BBS प्रथम वर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूकालागि आयोजित स्वागत तथा सम्मान कार्यक्रम। हाम्रो आमन्त्रणलाई स्वीकार गरी विद्यार्थीहरुलाई आशीर्वाद एवं हौसला प्रदान गर्न उपस्थित कार्यक्रमका प्रमुख अतिथि पोमनपा वडा नं ३० का अध्यक्षज्यू, कलेज सञ्चालक समितिका अध्यक्षज्यू, सल्लाहकार तथा सञ्चालकज्यूहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं। त्यसै गरी उप प्राध्यापक साथीहरु, कर्मचारीहरु, विद्यार्थी कल्याणकारी समितिका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा पदाधिकारीहरु तथा विभिन्न भूमिकामा रहेर आ- आफ्नो प्रतिभालाई प्रस्फुटन गर्नुहुने विद्यार्थीहरू लगायत उपस्थित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं।

पुनश्च: कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याउने विद्यार्थी कल्याणकारी समितिप्रती विशेष आभार।।।